नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु

Corona_Update

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप १४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको हो । पछिल्लो २४ घन्टामा देशभर ४ महिला र १० पुरूषको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार ८ जना  नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख  ५ हजार ६ सय ८४  पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७४  हजार २ सय ५२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित