सिलवालको कीर्ते मुद्दाको फाइललाई अब के गर्छन अाईजीपी अर्यालले ?

काठमाडौ। ललितपुर क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार पूर्व डीआईजी नवराज सिलवाल विजयी भएसंगै प्रहरीमा भुइचालो गएको छ । अाईजीपी बन्न नसकेपछि डिअाईजीबाट राजिनामा दिएको तीन महिना मै साँसद बन्न सफल सिलवाल भाग्यमानी त हुन नै तर ,उनीमाथि लागेको कीर्ते मुद्दाको दाग भने कहिले मेटिन्छ ? सर्बाधिक चासोको बिषय बनेको छ ।

 सिलवाललाई प्रहरी हेडक्वार्टरले कीर्ते अभियोगमा कारवाही गर्न भन्दै प्रतिवेदनसहित काठमाडौँ प्रहरी परिसरमा पठाएको फाइल कुनै पनि कारवाही प्रकृयामा नै नगई हेडक्वार्टर फिर्ता भएको चार महिना बितिसकेको छ । एअाईजी बिजय भट्टको छानविन समितीले कार्यसम्पादन मुल्याङ्कनको फाइल केरमेट गरी अदालतमा पेश गरेको भन्दै प्रतिवेदन नै तयार पारी सिलवालमाथि कारवाही गर्न सरकारलाई  सिफारिस गरेको थियो ।

  त्यसपछि मुख्य सचिब लोकदर्शन रेग्मीले उक्त प्रतिवेदनसहित कारवाहीको पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएपछि  प्रधानमन्त्री कार्यालयले प्रहरी हेडक्वार्टरलाई पत्राचार गरेको थियो। आबश्यक कारवाहीको लागि भन्दै प्रहरी हेडक्वार्टरले महानगरिय कार्यालय रानीपोखरीलाई पत्र लेखी उक्त फाइल पठाएपछी महानगरिय कार्यालयले काठमाडौं प्रहरी परिसरलाई उक्त पत्र र कीर्तेको फाइल फरवार्ड गरेको थियो ।

   त्यतिखेर सिलवाललाई थुनेर कारवाही गर्ने तयारी भएको कुरा बाहिर आएपछि  तत्कालिन गृहमन्त्री जनार्दन शर्माले अाईजीपी अर्याललाई बोलाएर सिलवालबिरुद्द कुनै पनि कारवाही गरे उल्टै हटाइदिने धम्की दिएपछि कारवाही प्रक्रिया रोकिएको थियो ।

   सिलवालमाथि त्यतिखेर कारवाही रोकिए पनि उनको फाइल हाल भने कानुन शाखामा रहेको स्रोतले वतायो  । सिलवालमाथि लागेको आरोपलाई भने उनले देउवा सरकारले फसाउने डिजाइन रचेको वताउँदै आएका छन् । सिलवालले आफु निर्दोश रहेको दाबी गर्दै आएका छन् ।

 तर, आजबाट साँसद बनेका सिलवालमथि कारवाही गर्न अब अाईजीपी प्रकाश अर्याललाई फलामको चिउरा चपाए सरह हुनेछ। सिलवाल नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाभन्दा ६ हजार २ सय सत्र मत मत बढी ल्याएर साँसदमा बिजयी भएका भएका छन् । सिलवालले २६हजार ९ सय ४६ मत ल्याए भने उदयशमशेर राणाले २०हजार ७ सय २९ मत प्राप्त गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित