अन्ततः सरकार र डा. केसीको वार्ता सफल, अहिले साढे ९ बजे अनशन तोड्दै डा. केसी (सहमतिपत्रसहित)

G KC

काठमाडौं । २७ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीचको वार्ता २४ असोज अर्थात् शनिबार मध्यरातमा सहमतिमा टुङ्गिएको छ ।

योसँगै हुम्लाबाट २७ दिनअघि अनसन सुरु गरेका डा. गोविन्द केसीले अहिले बिहान साढे ९ बजे अनसन तोड्ने भएका छन् ।

चिकित्सा शिक्षा तथा यस क्षेत्रको सुधारको माग राख्दै डा. केसी २७ दिन यता अनसनमा थिए ।

शनिबार दिनभर डा। केसी र सरकारी पक्षका वार्ता टोलीबीच छलफल भएपछि ८ बुँदे सहमति पत्रमा डा. केसी र सरकारी पक्षको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

सरकारले बिहीबार डा. केसीसँग वार्ताका लागि टोली गठन गरेको थियो । तर, सरकारी वार्ता टोली र डा। केसी पक्षको वार्ता टोलीबीच शुक्रबार वार्ता निराशाजनक भएको थियो । शनिबार विहानै डा। गोविन्द केसी पक्षको वार्ता टोलीले सरकारले डा. केसीको स्वास्थ्यमाथि गम्भीर नभएको आरोप लगाउँदै विज्ञप्ति निकालेको थियो ।

शनिबार नै शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली कहाँ यो वार्ता टोलीसहित छलफलका लागि पुगेका थिए । त्यसपछि बसेको वार्ता सकारात्मक भएको हो ।

अन्ततः शनिबार मध्यरातमा नै डा. केसी र सरकारी टोलीबीच सहमति पत्रमा हस्ताक्षर पनि भएको छ ।

सहमति पत्रः

Kc_sahamatigkc

 

 

प्रतिक्रिया

सम्बन्धित