विश्वमा कोरोना तथ्यांकः विश्वभर ३ करोड ७७ लाख संक्रमित, १० लाख ८१ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७७ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा २ लाख ७७ हजार ३ सय ३० जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर संक्रमितको संख्या ३ करोड ७७ लाख ३६ हजार १ सय २० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ६८ जना संक्रमितको मृत्यु भएपछि हालसम्म विश्वमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १० लाख ८१ हजार २ सय ४६ पुगेको हो ।

विश्वमा सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७९ लाख ९१ हजार ९ सय ९९ पुगेका छन् भने २ लाख १९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा ७१ लाख १९ हजार ३ सय जना संक्रमित रहेका छन् भने १ लाख ९ हजार १ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९४ हजार ९ सय ७९ पुगेको छ भने १ लाख ५० हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ३ हजार १ सय ३९ जना मात्र नयाँ संक्रमित थपिएका छन् । जुन करिब २ महिना यताकै न्यून संख्या हो ।

 

प्रतिक्रिया

सम्बन्धित