कालीगण्डकीमा डुबेर करिडोरमा काम गर्ने एक मजदुर बेपत्ता

kaligandaki

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार–१ स्थित कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ घर भएका २२ वर्षीय छत्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ ।

नदीमा नुहाउने क्रममा सोमबार दिउँसो डुबेर शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। उनका अनुसार बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदूर रहेका हुन् ।

घटनालगत्तै प्रहरी र स्थानीयवासीद्वारा कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

प्रतिक्रिया

सम्बन्धित