फ्रान्समा कोरोनाको दोस्रो लहर, संक्रमित बढेसँगै देशभरका ९ सहरमा कर्फ्यु

France_Corona

 

पेरिस । फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । फ्रान्समा पछिल्लो २४ घन्टामा २२ हजार भन्दा बढी संक्रमित थपिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो पर्सि शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताए।

एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने प्रधानमन्त्रीले घोषणा गरेका हुन् । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।

दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ ।

फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित