नायक कार्कीले गरे रि एण्ड किको सञ्चालन

8cc2a00c-faae-49fc-aeaf-be0d1158877a

काठमाडाैं ।  नायक रबि कार्किले आफ्नै पेशालाइ निरन्तरता दिदै रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमि सन्चालमा ल्याएका छन् । मिलाप, प्रेम बिबाह, तिमि बिनाको सन्सार, यो कथा हो तिम्रो मेरो, जुनी जस्ता चलचित्रमा अभिनय गरेका नायक रबि कार्किले तारकेश्वर नगरपालीका वडा नं २ मा  डान्स एकेडेमि स्थापना गरेका छन् । कार्कि  नृत्यको क्षेत्रमा बिगत २३ बर्ष देखि सक्रिय रहेका छन् । 

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको यस डान्स एकेडेमिको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजीबि, राजनितिज्ञ, चलचित्रकर्मिको उपस्थिति रहेको थियो ।

रबि कार्किको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा, बिशिष्ट अतिथिमा लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रबिन्द्र केसि, अतिथिमा संगीतकार बिकाश चौधरी तथा सन्चारकर्मिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै सन्चालक नायक रबि कार्किले नृत्यको क्षेत्रमा राम्रो भबिष्य भएको र अवको पुस्तालाइ आफूले सिकेको ज्ञानलाइ बाढ्ने उदेश्यले सन्चालन गरेको बताएका छन् । एकेडेमि सन्चालनमा नायक कार्किलाइ शोभा तामाङले साथ दिएकि छिन् ।

नायक कार्किले लामो समय भारतिय सुप्रसिद्ध नृत्यनिर्देशक रेमो डिसुजा, राज जोशि संग डान्स सिकेर आफ्नै देशमा केहि गर्छु भन्दै फर्किएका थिए । नायक कार्कीको रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमिमा हरेक प्रकारका डान्स का साथै एक्टीङ, थिएटर एक्टीङ, आरजेभिजे को समेत प्रशिक्षण दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित