सञ्चार संस्थासँग सहकार्य गर्छुः मन्त्री गुरुङ

journalist_parbat gurung meeting
काठमाडौं । 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

मन्त्री निवास पुल्चोकमा महासंघका पदाधिकारीसँग आइतबार भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि स्पष्ट पारे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा प्रस्तुत गरिएको जानकारी दिए । कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशीताको कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

मन्त्री गुरुङले गत असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
(रासस)

प्रतिक्रिया

सम्बन्धित