४५ वर्षपछि जीवनकालमै दोस्रो सुट लगाउँदै महावीर पुन

Mahabir_Pun
काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले ४५ वर्षपछि दसैँमा नयाँ कपडा लगाउने भएका छन् । पुनले जीवनकालमै दोस्रो सुट पाएको भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै उनले लेखे :

लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।  मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला ।

प्रतिक्रिया

सम्बन्धित