खाद्यले आजबाट खसीबोका बिक्री गर्दै

khasi-boka
काठमाडौ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि आजबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताएका छन् ।

आइतबार बजारमा खसी बोकाको मूल्यको अवस्था हेरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । ‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’खनालले भने।

विगतका बर्षमा जस्तै यो बर्षपनि बजारको अवस्था हेरेर मूल्य निर्धारण हुने उनको भनाई छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रवक्ता सर्मिला न्यौपानेले यो बर्ष खसी बोका मात्रै बिक्री गर्ने बताइन । यो बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्यांग्राको बिक्री नगर्ने भएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित