विश्वकै उत्कृष्ट दाबीका साथ ‘निशान लिफ’ आउँदै

Nissan Leaf copy

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित निशान लिपा नेपाली बजारमा ल्याउन लागेको छ । विद्युतीय सवारीमा बिद्यमान करलाई वृद्धि गरिए पश्चात् सो गाडीको लन्च कार्यक्रम पुर्व निर्धारित समयामा हुन सकेको थिएन । तर, नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडि २०२१ साल अप्रिलमा लन्च हुने भएको छ ।

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो । ग्लोबल लिडर रहेको यो गाडी निसानको विद्युतीय गाडीहरुमा सबैभन्दा राम्रो गाडी भएको कम्पनीको दाबी छ । अहिलेसम्म संसारभर २,५०,००० भन्दा बढी बिक्रि भैसकेको यस कार सबैभन्दा पहिला २०१० को डिसेम्बरमा जापानी बजारमा आएको थियो । अधिक हर्शपावार र टर्क सहित आउने यस गाडी ४० मिनेटमै ८० प्रतिशत सम्म चार्ज हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित