बुटवलमा थप एक संक्रमित महिलाको मृत्यु

Died_Corona1

बुटवल । कोरोना संक्रमणका कारण बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

बुटवल ११ की घर भएकी सुगरकी बिरामी ४४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट सोमबार पोजेटिभ आएपछि भेन्टिलेरमा राखेर उपचार गरिएको थियो ।

उनको अहिले नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । यससँगै बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोनाका कारण ३५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित