राष्ट्रपतिले गरिन् रानीपोखरी उद्घाटन

Bidya devi Final
काठमाडौं –
राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन् ।

२०७२ सालको भूकम्पपछि भत्किएको रानीपोखरीस्थित मन्दिरको पुनर्निमाण सम्पन्न पछि राष्ट्रपति भण्डारीले बुधबार रानीपोखरीको उद्घाटन गरेकी हुन् । यसअघि २०७२ को माघ २ गते राष्ट्रपति भण्डारीले उक्त मन्दिरसहित पोखरीको शिलान्यास गरेकी थिइन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनर्निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित