निर्वाचनको परिणामप्रति प्रचण्डले मुख खोल्दै भने - जनताले दिएको मत सन्तोषजनक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास लिएका छन् ।  नेपाल टेलिभिजनको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचनमा शान्तिपूूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको वताउँदै  दोस्रो चरणको निर्वाचनमा पनि कुनै शङ्का नगर्न सबैसँग आह्वान गरे ।  आफ्नो पार्टीलाई जनताले दिएका मत सन्तोषजनक भएको बताउँदै प्रचण्डले भने – 'मेरो पार्टीले जित्नुभन्दा पनि राष्ट्र र जनताले जितेको छ, यसमा मलाई गर्व छ ।'

प्रतिक्रिया

सम्बन्धित