नेपाल टेलिकमको सोलुखुम्बुमा जिएएम मोबाइल सेवा सञ्चालन

Nepal Telecom

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुमा जिएसएम सेवा सञ्चालन र ओखलढुंगाको रुम्जाटारमा ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरेको छ । 

सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जिएसएम मोबाइल सेवा सञ्चालन गर्नुका साथै ओखलढुंगाको रुम्जाटार विमानस्थलमा रहेको ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरी सञ्चालन गरेको टेलिकमले बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो ।

सोलुमा स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध भएको अवस्थामा जिएसएम २९ असोज ०७७ देखि सञ्चालनमा आएकामा उक्त जिएसएम सेवामा  ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्ने टेलिकमले जनाएको छ ।

नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर र दुधकोशी गाउ“पालिका–४ जुबु बलंगामा टावर करिब १ हजार २३० मिटर उचाइ“मा जिएसएम प्रविधिको बिटिएस टावर स्थापना गरिएकोले पर्यटकहरुसमेत लाभान्वित हुने टेलिकमले अपेक्षा गरेको छ । नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैया“लगायत क्षेत्रका करिब ६ सय घरधुरी र देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी ४ हजार घरधुरीलाई उक्त मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने टेलिकमले जनाएको छ ।

यसका साथै कम्पनीका अनुसार ओखलढुंगाको रुम्जाटार र विमानस्थलस्थित ग्राहक सेवा केन्द्र करिब २ वर्षदेखि बन्द भएकामा टेलिकमले उक्त सेवा केन्द्र पुनस्र्थापना गरी सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नया“ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुने र सेवाबापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रबाट सहज रुपले भुक्तानी गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित