'यो दशैंको रमाइलो'मा सरिता र राहुल

दशैँ गीतका

काठमाडौं । दशैंलाई लक्षित गरेर गायक सुवर्णकुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोइरालाले ‘यो दशैंको रमाईलो’ दर्शकमाझ ल्याएका छन् ।

डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो ।  गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा व्यस्त छिन् । गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताइन् ।

राहुल र सरिताले स“गै अभिनय गरेको यो तेश्रो भिडियो हो । उनीहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ । यस गीतको भिडियोलाई भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोइराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायत छन् । लिँगे पिङ हालेर गाउँलेको जमघटमा भिडियो तयार गरिएको छ । तीन साताअघि छाया“कन गरिएको यो भिडियो हाल आएर रिलिज गरिएको हो ।

दशैंको अवसरमा भेट भएका अपरिचित युवायुवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसंग र दशैं–तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवर्णकै हो । कोरोनाले दमित भएका दर्शक श्रोतालाई केही क्षण भएपनि उल्लासमय गीत प्रस्तुत गरेर हर्षित तुल्याउन आफुले दशैंगीत बजारमा ल्याएको गायक तथा संगीतकार सुवर्ण कुमारले बताए ।

प्रतिक्रिया

सम्बन्धित