पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी पत्नीलाई कोरोना संक्रमण

gggg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ। बिहीबार उनले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन्।

बाँस्कोटाले आफू र श्रीमतीलाई कोरोनाको रिपोर्ट पोजेटिभ देखिए पनि छोराहरुलाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन्।

‘मलाई पनि पोजेटिभ देखियो।तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो। सुरक्षित रहौं,’ उनले ट्वीटरमा भनेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित