देशभर ३ हजार ६ सय ३७ संक्रमित थपिए, ४४८७७ सक्रिय संक्रमित

Corona_Update

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । नेपालमा पछिल्लो २४ घन्टामा देशभर १५ हजार २ सय ५५ जनाको पीसीआर परिक्षण गरिएको छ ।

काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १५५२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३२१५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख २ हजार ८ सय २० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित