पुराना राजनीतिक शक्तिले पैसा खर्च गरेर चुनाव जिते : बाबुराम भट्टराई

काठमाडौं। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिले  सत्ताको दुरुपयोग गरी चुनाव जितेको आरोप लगाएका छन् ।  भट्टराईले विज्ञप्ति जारी गर्दै  निर्वाचनमा पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरेको समेत रोप लगाए ।

‘छोटो समयमै पनि पुराना राजनीतिक शक्तिहरुको विकृति र विसंगतिका कारण त्यहाँबाट विकर्षित भएर विकल्पको लागि जोखिम मोल्न हिम्मत देखाउनु हुने सम्पूर्ण मतदाताहरुप्रति हामी आभार व्यक्त गर्दछौं।’विज्ञप्तीमा भट्टराईले भनेका छन् ।

भट्टराईले विज्ञप्तिमा भनेका छन्–‘वैकल्पिक राजनीति आजको भोलि नै सत्ता प्राप्त गर्ने राजनीति होइन। हामी यो फोहोरी राजनीतिको तत्कालीन लाभ उठाउन यो यात्रामा छैनौं। बरु यो मौजुदा राजनीतिको अर्थहीनतालाई चुनौती दिन र नयाँ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा छौं ।’

प्रतिक्रिया

सम्बन्धित