युवा व्यवसायी केसीको अल्पायुमै निधन

काठमाडौँ। जावलाखेल युथ क्लवका महासचिव मनमोहन केसीको आज बिहान  निधन भएको छ ।  मुटुको समस्या र निमोनियाले च्यापेपछि उहाँलाई बिहीबार साँझ जावलाखेलस्थित अल्का अस्पतालमा लगिएकामा स्थिति गम्भीर भएपछि थप उपचारका लागि  थापाथलीस्थित नर्भिक अस्पताल पु-याइएको थियो ।

   आज  बिहान करिब १ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व केसीका श्रीमती र एक छोरा छन् । केसीको पार्थिव शरीर शनिबार बिहान  क्लबमा अन्तिम श्रद्धाञ्जलिका लागि राखी सोही दिन दाहसंस्कार गरिने कार्यक्रम  छ ।

युवा व्यवसायी केसी नेपाल शैक्षिक परामर्श संघ ललितपुर शाखाका कोषाध्यक्ष समेत हुनुहुन्छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अल्पायुमै कर्मठ व्यवसायी गुमाउनु परेको पिडाले ठुलो क्षती व्यहोर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित