दिपक कुँवरको अध्यक्षतामा नेपाल–सिंगापुर उद्योग वाणिज्य संघ गठन

काठमाडौं। नेपाल तथा सिंगापुर वीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल–सिंगापुर उद्योग वाणिज्य संघको स्थापित भएको छ । समितिको प्रथम वैठकले दिपक कुँवरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति समेत गठन गरेको हो । नयाँ कार्य समितिको तीन जना उपाध्यक्षमा क्रमश विनोद ढकाल, धर्मराज शाक्य, संजय कुमार अग्रवालचयन भएका छन् ।

 यस्तै, कृष्ण कुमार अग्रवाल महासचिव, गोविन्द्र थपलीया कोषाध्यक्ष, रविन्द्र बहादुर मल्ल सचिव चयन भएका छन् ।कार्यसमिति सदस्यमा अमृत प्रसाद द्वा, अनिल दास श्रेष्ठ, अन्जना चाकुबजी, आशिष श्रेष्ठ, आयुष मान शेरचन, विजय सिंह वैद्य चयन भएका छन् ।

 यस्तै, देवानन्द सरावगी, दिलिप अग्रवाल, गोविन्द प्रसाद घिमिरे, हरि मान लामा, कमला श्रेष्ठ, खेम पन्त, रजुल श्रेष्ठ, स्कन्द अमात्य, तुषारधर तुलाधर, सुरेश लोहनी पनि कार्यकारी सदस्य चयन भएका छन् ।

 साथै वैठकले व्यापार बृद्धि, प्रविधि तथा लगानी विस्तारका संभावित वस्तु र क्षेत्रबारे दुवै देशका व्यापारी, उद्योगपति, विज्ञ एवं सरकारी अधिकारीहरुसंग अन्तरक्रिया गरी आर्थिक सम्बन्ध सुधार गर्ने तथा प्रतिनिधि मण्डलको आदान–प्रदान एवं दुइ देश वीच व्यापार मेला आयोजना गरी आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित