भरतपुरमा माओवादीको छलाङ, ज्ञवालीभन्दा १ सय ४ मतले रेणु अगाडि

काठमाडौं । सबैभन्दा चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीबीच कडा टक्कर परेको छ। रेणुले आफ्नो मतान्तर अझै साँघुरो बनाएर ज्ञवालीलाई उछिनेकी छन । रेणु अहिले भने एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा १०४ मतले अगाडि छन्।एमाले उम्मेदवार ज्ञवालीले १४०८४ मत ल्याएका छन् । रेणुले १४१८८ मत ल्याएकी छन् ।

रेणुले बढी मत ल्याउन थालेपछि एमाले कार्यकर्ताहरुले छोरीलाई जिताउन प्रधानमन्त्री प्रचन्ड चितवन आउन लागेको,मनगणना हिजो दिनभर स्थगगित गर्न लगाएको जस्तो कुप्रचार गर्न थालेका छन् ।जबकी कांग्रेसँगको तालमेलले नै उनले पार्वती शाहकै जसरी मत ल्याएकी हुन ।

प्रतिक्रिया

सम्बन्धित