सांसद बस्नेतद्वारा हात्तीगौंडाको निर्माणाधीन खेलकुदस्थलको निरीक्षण

1kkk

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले भक्तपुरको सूर्यबिनायकमा निर्माणाधीन खेलकुदस्थलको निरीक्षण गरेका छन् ।

सांसद बस्नेतसहितको टोलीले सूर्यबिनायक नगरपालिकाका वडा नं. ५, ६ र ७ को सीमामा पर्ने हात्तीगौंडा परिसरमा निर्माण हुन लागेको खेलकुदस्थलको निरीक्षण गरेको हो ।

उक्त स्थानमा जीम, स्वीमिङ पुल, पिकनिक स्पट, टेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट, भलिबल, बास्केटबलकोर्टलगायतका खेलकूदका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण गरिन लागेको छ ।

वातावरण विभागबाट विनियोजित रकम ६५ लाखबाट काम सुरु गरिएको उक्त खेलकुदस्थल निर्माणमा सांसद बस्नेतको जोडबलसहित खेलकुद र पर्यटनलाई विशेष महत्व दिएको जनाइएको छ । उक्त स्थल निर्माणका लागि सांसद विकास कोष, वातावरण विभाग, नगरविकास, नगरपालिकालगायतका सरकारी निकायबाट बजेट बिनियोजन हुँदै आएको छ ।

निरीक्षणका क्रममा वातावरण विभागका महानिर्देशक मुकुन्द निरौलालगायतको सरकारी टोलीको पनि उपस्थिति थियो । उक्त अवसरमा सांसद बस्नेतले  निर्माणाधीन खेलकुदस्थलका बारेमा  विस्तृत जानकारी लिएका थिए । 

1K1KK

प्रतिक्रिया

सम्बन्धित