देशभर थप २५०८ मा कोरोना संक्रमण, मृतक संख्या १७ थपिए

health ministry

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५०८  जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । आज संक्रमित मध्ये ९७६ महिला छन् भने बाँकी १५३२ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९२७९ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट २२६४ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित