हुप्सेकोट गाउँपालिका प्रमुख पाण्डेलाई कोरोना संक्रमण

Laxmi

नवलपुर । पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेलाई कोरोना पुष्टी भएको छ । शनिबार आएको पीसीआरको रिपोर्टमा गाउँपालिका प्रमुख पाण्डेसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

हुप्सेकोट गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाका अनुसार गत कार्तिक १३ गते ४९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएकोमा अध्यक्ष पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुने अन्यमा गाउँपालिकाका ४ जना कर्मचारी ,१ जना शिक्षक, १ जना प्रहरी र १ जना स्थानिय किशोरी रहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुस्टि भए पनि संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिईन् । “मसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ,तर सबैको अवस्था सामान्य छ , संक्रमित सबैलाई आत्मबिस्वाश कायम राख्न अनुरोध गर्दछु ” ।

पाण्डेले आफुसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन अनुरोध गर्दै गाउँबासिलाई उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाउन समेत अपिल गरिन् ।

 

प्रतिक्रिया

सम्बन्धित