जुवातासविरूद्ध प्रहरी सक्रियता, देशभरबाट ४५पक्राउ

juwwwww

काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट जुवा तास खेलीरहेका ४५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका-६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-६ बस्ने ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय अरूण केसी, ३८ वर्षीय शैलेस भुजेल र  सोही उपमहानगरपालिका-६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन् । भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुरको भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत  लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै काठमाडौंको काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ चमति बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-७ चागाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा कौडा खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ११ लाख ५४ हजारौ ५ सय ७५ रुपैयाँ र १६ थान कौडा  सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित