निर्वाचनको मौका छोपेर आईजीपीको फुली लगाउने सिलवालको सपना यसरी तुहियो

काठमाडौं : प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धि विवादमा सर्वोच्च अदालतले गठन गरेको वृहत पुर्ण इजलाशमा डिआईजी नवराज सिलवालका नाता पर्ने न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ पनि परेकाले बिहीबार हुने भनिएको सुनुवाई  स्थगित भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीले सात जना न्यायाधिशको पुर्ण ईजलाशले फैसला गर्नेगरी ईजलाश गठन गरेकी थिइन् । पुर्ण ईजलाशमा न्यायाधिशहरु चोलेन्द्र शमशेर जवरा, देवेन्द्र गोपाल श्रेष्ठ, जगदिश शर्मा पौडेल, दिपक कुमार कार्कि, केदार प्रसाद चालिसे, सपना प्रधान मल्ल र तेज बहादुर केसी थिए । तुर, न्यायाधिश श्रेष्ठ र सिलवालको नाता पर्ने सुनुवाइका क्रममा खुलेपछि मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित भएको हो । न्यायाधिश श्रेष्ठ र सिलवाल पत्नी सिर्जनाको बिचमा नाता रहेको बुझिएको छ । उनीहरु बीचमा फुपाजूको नाता रहेको खुलेको छ । सर्वोच्च स्रोतका अनुसार योजनावद्ध रुपमा इजलाश गठन गरेर सिलवाललाई आइजीपीको फुली लगाइदिने योजना महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठका कारण असफल भएको छ । सिलवाललाई आईजीपीको फुली लगाउने योजना बाहिर चर्चामा आएपछि सरकारले पनि त्यहि अनुसार जवाफ दिने तयारी गरेको छ । यसअघि आईजीपी प्रकरणमा कार्यपालिकाको काममाथि हस्तक्षेप गरेको, विधि मिचेकोलगायतका आरोप लगाई प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षरसहित महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । तर, त्यसको केही दिनमा नै न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले महाअभियोग प्रस्ताव खारेज गर्ने निर्णय गरेको थियो । तर, संसदमा अझै पनि महाअभियोग प्रकरण विचाराधिन छ ।

केही सांसदहरुले सर्वोच्चले अर्को हस्तक्षेप गरी विवाद निम्त्याएको भन्दै न्यायाधीश जबरालाई पनि महाअभियोग लगाउनु पर्ने बताउँदै आएका छन् । डिआईजी सिलवाललाई सरकारी छानविन समितिले समेत किर्ते गरी कार्यसम्पादन मूल्यांकन केरेमेट गरेको ठहर गरिसकेको छ । तर, उनी सर्वोच्चमा चलखेल गरी आफूलाई चोखो सावित गराउन खोजिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित