बिरामी श्रीमतीको सहयोगी रहेकी वृद्धालाई बलात्कार गर्ने पक्राउ

rape

काठमाडौं । उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले एक विज्ञप्ति जारी गरी जनाएको छ । श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धालाई यौन शोषण र करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए ।

घटना गत साल पुसको हो । उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता पु¥याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको भनी जाहेरी परेको जनाइएको छ ।

सोही निवेदनका आधारमा फरार रहेका अधिकारीलाई खोजी गर्दै जाँदा चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेकोे अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित