नेपालमा थप ३११४ संक्रमित थपिए, मृतक संख्या हजार नाघ्यो

health ministry

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । 

पछिल्लो २४ घन्टामा देशभर १११६६ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ३१४२ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप २० जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार चार पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित