वीरगन्जमा तस्करसँग रकम उठाउन घुमुवा प्रहरी परिचालन

वीरगन्ज । छुटकर तस्करको सञ्जाल बढदै गएपछि वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बढ्दै  गएको छ । सुनदेखि नुनसम्म पाइने मीना बजारका व्यापारीको माग अनुसार तस्करले सीमा पारी भारतको रक्सौल बजारबाट दैनिक उपभोग्य समान ल्याउने  गरेका छन् ।

    तस्करले दैनिक रु १० लाख भन्दा बढी मूल्यका समान साँझ परेपछि व्यापारीलाई बुझाउने गरेकाले भन्सार समेत प्रभावित हुन पुगेको छ ।

 नजिकै सामुदायिक प्रहरी बिट भए पनि तस्करीका समान निर्वादरूपमा भित्रिनुलाई प्रहरीको समेत मिलोमतो भएको आकलन यहाँका बासिन्दाले गरेका छन् ।  तस्करले भारतबाट भन्सार छलेर समान वीरगन्जमा जम्मा गर्ने र साँझ परेपछि सम्बन्धित व्यापारीलाई दिने गरेको मीना बजारका एक व्यापारी बताउँछन्। सीमा क्षेत्रका  इनर्वा, छपकैया, सिरसिया, भन्सार गेटमा रहेका प्रहरी र  सशस्त्र प्रहरीलाई महिनाबारी रकम दिएर तस्करहरूले  समान ल्याउने गरेका छन् । तस्करसँग महिनाबारी रकम उठाउन घुमुवा प्रहरी नै परिचालन गरिएको  उनको भनाइ छ । तस्करले साइकलमा समान ल्याउने गरेको स्वीकादै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले सीमा क्षेत्रमा रहेका प्रहरीलाई जतिसुकै गाली गरेपनि टेर्दैनन् भन्ने जवाफ दिनुभयो । ती नाकाबाट प्रतिबन्धित कुखुराका चल्ला निर्वादरूपमा आउँदा पनि प्रहरीले रोक्न सकेको छैन । यस्ता काममा महिलासमेत सक्रीय छन् । रासस

प्रतिक्रिया

सम्बन्धित