एमालेले थाल्यो सत्ताको खेल, बामदेव प्रधानमन्त्री !

काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने तयारी गरिरहेका बेला एमालेले भने सत्ताको भित्री खेल थालेको छ । एमालेका नेताहरू विशेष गरेर केपी ओली, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले सत्ता हत्याउनु पर्ने भन्दै खेल थालेका हुन् । गौतम अहिले सबैभन्दा बढी उत्ताउलो भएर लागेका छन् । मेरो उमेर जान लाग्यो, सबैको पालो सक्कियो, अब प्रधानमन्त्री बन्ने पालो मेरो हो’, भनेर गौतमले भन्न थालेका छन् । गौतमले प्रचण्डलाई फकाएर एमालेको नेतृत्वमा सरकार बनाउन सक्छु भनेर फुइ हाक्न थालेका छन् । तर, गौतमको फुईलाई एमालेका नेताहरूले खासै पत्याएका छैनन् । यतिसम्मकी आफ्नो पक्षमा माहोल बनाउन गौतमले बुधबार सानेपास्थित आफ्नो निवासमा स्थायी समितिको बैठक समेत बोलाएका छन् । बैठकमा गौतमले एमालेले निर्णय गरेर मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो भने भारत, माओवादी केन्द्र, प्रचण्ड र अन्य साना दलहरूलाई मिलाएर सरकार बनाउने समेत बताएका थिए । प्रचण्डसँग राम्रो सम्बन्ध रहेको बताउने गौतमले माओवादी केन्द्र–कांग्रेसबीचको एकतालाई भाँड्ने प्रयास गरिरहेको स्रोतको भनाइ छ । गौतमसँग एमालेका ठूला नेता छैनन् । गौतमलाई रविन्द्र अधिकारीसहितका केही युवा नेताहरूले साथ दिएका छन् । एनसेल प्रकरणमा फोजी सेवा दिने विवादास्पद निर्णय गराएर आलोचित बन्दै आएका अधिकारीले गौतमलाई प्रधानमन्त्री बनाए मन्त्री बन्ने आफ्नो पालो आउँछ कि भनेर कुरेर बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित