धरानमा एक संक्रमितको मृत्यु
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जनाए ।
कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि २२ गते अस्पताल भर्ना भएका ती वृद्धको उपचारका क्रममा आइतबार निधन भएको जनाइएको छ ।
प्रतिक्रिया