आर्थिक विकासका लागि बैंकहरुसँग त्रिपक्षीय सम्झौता

NRB

काठमाडौं । नेपाल र जर्मनीबीच दिगो आर्थिक विकासका लागि सिद्घार्थ, नेपाल राष्ट्र र के.एफ.डब्लु डेभलपमेन्ट बैंकहरुस“ग त्रिपक्षीय सहकार्य सम्झौता भएको छ ।

नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान जर्मन सरकारको सहयोगमा सेड्रँ–२ प्रोजेक्टका लागि बैंकहरुस“ग सोमबार त्रिपक्षीय सहकार्य सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा.प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस प्रोजेक्ट नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको विज्ञप्तिमा उल्लेख छ ।

यस परियोजनाअन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्न बैंकले निम्न प्रकारका सुविधाहरु ग्राहकवर्गलाई प्रदान गर्ने जनाएको छ । परियोजनाले लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाख देखि चालिस लाख सम्मको कर्जा सुविधा, १० वर्ष सम्मको कर्जा अवधि र लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोगको योजना अघि सारेको छ ।

उक्त योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरुको विकासमा थप टेवा पु¥याउने विश्वास बैेंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित