गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ सार्वजनिक [भिडियाे]

dobato
 
काठमाडौं । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । 
 
उक्त गीतमा सुष्मा देवकोटाको शब्द रहेको छ भने सुवाश भुसालले संगीत भरेका छन् । ‘फील’ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा एरेन्ज उदयराज पौडेल र मिक्सिङ अशोक महर्जनको छ ।
  
पछिल्लो समयका व्यस्त मोडल सुधिर श्रेष्ठ, श्रृस्टी खड्का गायक स्वयंम अभिनित उक्त गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई निशा कश्यपले निर्देशन गरेकी हुन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ । गीतको भिडियो गायकको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
 
भिडियो लिक
 

प्रतिक्रिया

सम्बन्धित