देशभर २७३६ संक्रमित थपिए, ८५३ जना डिस्चार्ज

Corona_Update

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ११४८ पुगेको छ ।

त्यसतै पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ८५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित