एकैदिन थप ६ लाख बढीमा कोरोना संक्रमण, १० हजार बढीको मृत्यु

 world-corona

काठमाडौं । गत २४ घन्टामा विश्वभर ६ लाख भन्दा नयाँ संक्रमित थपिएका छन् । विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख १२ हजार ८ सय १३ जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या ५ करोड २४ लाख २१ हजार १ सय ३२ पुगेको छ ।

विश्वभर कोरोना संक्रमणबाट एकैदिन १० हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार गत एकदिनमा विश्वभर कोरोना भाइरसको संक्रमणबाट १० हजार २ सय ३० जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या १२ लाख ८८ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र १ हजार ५ सय २८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै एकैदिनमा इटालीमा ६२३, मेक्सिकोमा ६१७, बेलायतमा ५९५, ब्राजिलमा ३६४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा ५ सय ५० जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

ती मध्ये ३ करोड ६६ लाख ६४ हजार ७ सय ३९ जना कोरोनामुक्त भइसकेका छन् भने १ करोड ४४ लाख ६७ हजार ४ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित