कौडा खेलिरहेको अवस्थामा २४ जना पक्राउ

cauda_1

चितवन । भरतपुर महानगरपालिका—५ कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनिल कुमार क्षेत्री लगायत २४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलीरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित