बैतडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत (अपडेट)

Accident_1

 

 

बैतडी । बैतडीको पाटन नगरपालिका—८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ ।

दुर्घटनामा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २÷२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

धामीका अनुसार मृत्यु हुनेमा बैतडीको दोगडाकेदार—६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिका कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका—४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका—५ का जगन्नाथ ओझा छन् ।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका—८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका—१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका—४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको छ ।

मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा ३४ जना घाइते भएका छन् भने ती मध्ये १२ जना गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित