चखुखोला–भट्टराईचोक सडक विस्तारको सीमांकन कार्य सुरू (सूचनासहित)

suryabinayak

 

भक्तपुर । विकासका लागि कुनै पनि निश्चित दिन हुँदैन भन्ने तथ्यलाई शिरोधार्य गर्दै सूर्यबिनायक नगरपालिका वडा नं. ८ ले सडक विस्तारको काम गर्न लागेको छ ।

सूर्यबिनायक वडा नं. ८ स्थित चखुपुलदेखि भट्टराई चोकसम्मको सडक विस्तारका लागि छठको भोलीपल्ट ६ गते वडा कार्यालयले सडक सीमांकनका लागि छलफल कार्यक्रममा उपस्थित हुन सम्बन्धित जग्गाधनीहरुलाई अनुरोध गरेको छ ।

वडा नं. ८ कार्यालयद्वारा जारी गरिएकोमा सूचनामा उक्त सडक खण्डको दायाँबायाँ पर्ने जग्गाधनीहरुले बाटोको केन्द्रबिन्दुबाट ६ मिटर भित्र पर्ने जग्गामा बाली नलगाई सडक सीमांकनका लागि उपस्थिति हुन अनुरोध गरेको छ ।

उक्त सडक खण्ड १२ मिटरको बनाइने भएकाले सीमांकनका लागि जग्गाधनीहरुलाई बोलाइएको कार्यवहाक वडाध्यक्ष तारा बस्नेतले बताए ।

सूचनाः

sss

 

प्रतिक्रिया

सम्बन्धित