‘चिलगाडी’मा नायिका खोजी

Chil Gadi_1

काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’मा संगीतकार कालीप्रसाद बास्कोटाको संगीत रहने भएको छ । चलचित्र निर्माण टिमले संगीतकार बास्कोटालाई संगीतकारका रुपमा अनुबन्धित गरेको छ ।

पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन प¥र्याे जस्ता चर्चित गीतका संगीतकार बास्कोटाबीच ‘चिलगाडी’को लागि निर्माता र निर्देशकसहितले सम्झौता गरेको हो । संगीतकार बास्कोटाले मिहिनत गरेर उत्कृस्ट गीत बनाउने निर्माण टिमले बिश्वाश लिएको छ । उनका यसअघिका गीतसंगीत जस्तै ‘चिलगाडी’को गीतले पनि दर्शक श्रोताको माया पाउने आशा निर्माण टिमको रहेको छ ।

चलचित्रमा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भइसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भइरहेको टिमले जानकारी गराएको छ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै बिषेश सन्देशसमेत बोक्ने जनाइएको छ ।

चलचित्रले नेपाली समाजको कहाली लाग्दो यथार्थलाई प्रस्तुत गर्ने बताइएको छ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिवसमेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्दैछन् । सागर प्रधानले छायांकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाइनल हुन बाँकी रहेको छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य निर्माणपक्षको छ ।

प्रतिक्रिया

सम्बन्धित