काल्देनको ‘एदा घोर्की ताम’ बजारमा

eda

 

 

काठमाडौ । संगीतकार विशाल काल्तेनको ‘एदा घोर्की ताम’ भिडियो बजारमा सार्वजनिक भएको छ ।  काठमाडौको जोरपाटीस्थित छिमेकी क्याफेमा एक कार्यक्रम बिच तामाङ चलचित्रका महानायक नायक अमिर दोङ्गको सभापतित्वमा एवम् तामाङ समुदायका वरिष्ठ गितकार तथा सङ्गितकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा ‘एदा घोर्की ताम’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

डम्फू मिडियाको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोमा शब्द तथा संगितकार बिशाल काल्तेनको रहेको छ भने जितु लोप्चन र रमित तामाङले स्वर दिएका छन् । अमिर दोङको निर्देशन रहेको उक्त गितमा सागर मोक्तान कुइसाङ रुम्बा र याङ्गी दोङ लाई फिचरिङ गरिएको छ।

गितको भिडियोमा युद्ध लामाको कोरियोग्राफि रहेको छ भने छायांकन सुर्य लामाले गरेका हुन् । गितको छायांकन पोखराका रमणिय स्थलहरुमा गरिएको निर्देशन दोङले जानकारी दिएका छन् । गितलाई डम्फू मिडियाको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित