देशभर कोरोनाका कारण १७ को मृत्यु

Corona_Update

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाठ मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा आज मंगलबार थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित