यस्तो रह्यो स्टार क्रिकेटर लामिछानेको तिहार...

s11

चितवन । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले तिहार चितवनमा मनाएका छन् । लामिछानेले चितवनस्थित घरमा आफ्नी दुई दिदीहरुसँग टीका लगाएका हुन् ।

लामिछानेले राजधानीमै घर भए पनि चितवनस्थित घरमा गएर तिहार मनाएको जनाएका छन् ।

व्यावसायिक क्रिकेटका लागि लामो समयसम्म देशबाहिर रहेका लामिछानेले सीपीएलपछि आईपीएल प्रतियोगिताका क्रममा युएईबाट नेपाल आएका थिए ।

आईपीएलमा दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपको टिम गतसाता सम्पन्न प्रतियोगितामा दोस्रो भएको थियो । यद्यपी यस आईपीएलमा सन्दीप कुनै पनि खेलमा भने मैदान उत्रन पाएका थिएनन् ।

सन्दीपले आईपीएलपछि नेपाल आएलगत्तै परेको तिहारमा दिदीहरुसँग लगाएको भाइटीकाको फोटो सामाजिक सञ्जाल फेसबुकमार्फत यसरी सार्वजनिक गरेका छन् ।

तस्बिरहरुः

s2s3s4

प्रतिक्रिया

सम्बन्धित