लुइस स्वारेजलाई कोरोना, ब्राजिल र एथलेटिकोविरुद्धको खेल गुमाउने

surez

 

उरूग्वे । उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनीसँगै उरुग्वेकै गोलरकक्षक रोड्रिगो मुनोजलाई पनि संक्रमण भएको उरुग्वे फुटबल संघले जनाएको छ ।

राष्ट्रिय टोलीका स्टाफ माटिएस फराललाई पनि संक्रमण भएकाले उनीहरू सबैले दक्षिण अमेरिकी विश्वकप छनोटमा नेपाली समय अनुसार बुधबार बिहान ब्राजिलविरुद्ध हुने खेल गुमाउने छन् ।

‘यी तीनैको स्वास्थ अवस्था ठिक रहेको छ र उनीहरूलाई चाहिने बन्दोबस्त गरिएको छ,’ उरुग्वे फुटबल संघले समाजिक संजालमा भनेको छ । स्वारेज र मुनोज बाहेक गोलरक्षक मार्टिन सिल्भा, रक्षक सेवास्टिएन कोट्जे, माटिएस भिना, मिडफिल्डर फेड्रिको भाल्भेर्डे र स्ट्राइकर म्याक्सी गोमेजलाई पनि उरुग्वेले ब्राजिलसँगको खेलमा गुमाउने छ । भिना पनि कोभिड १९ को संक्रमणमा रहेका छन् ।

स्वारेजले ब्राजिलसँगको खेलमात्र नभएर उनको क्लब एट्लेटिको म्याड्रिडले शनिबार स्पेनिस लिगमा पूर्व क्लब बार्सिलोनासँगको खेल पनि गुमाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित