रिलायन्सको बीमालेखमा विलम्ब शुल्क छुट

Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा छुट दिने भएको छ ।

कोभिड–१९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक वर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै व्यतित सबै बीमालेखका विलम्ब शुल्कमा शत्प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा कोरोनाले पारेको आर्थिक प्रभावलाई ध्यानमा राखी आफ्ना ग्राहकहरुलाई व्यतित सबै बीमालेखका लागि पुर्नजागरण गर्न आग्रह यस विज्ञप्तिमार्फत गरेको छ ।

पुर्नजागरण लाग्ने विलम्ब शुल्कमा इन्स्योरेन्सले शत्प्रतिशत छुट प्र्रदान गर्ने भएको हो । उक्त अभियान मंसिर १ देखि ३० गते ०७७ सम्म लागू हुने इन्स्योरेन्सले जनाएको छ । उक्त अभियानको फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीले विस्वास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित