सिटिजन लाइफको जीवनबीमा व्यवसायमा वृद्धि

Citizenlife

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ०७७÷०७८ को पहिलो त्रैमासमा जीवनबीमाको व्यवसायमा वृद्धि भएको सार्वजनिक गरेको छ ।

०७७/०७८ को पहिलो त्रैमासमा सार्वजनिक गरिएको वित्तीयविवरण अनुसार जीवनबीमा कोषमा १५० प्रतिशतले वृद्धि गरी व्यवसायमा छलाङ मारेको मंगलबार एक विज्ञप्तिमार्फात आईपिओ निष्कासनको तयारीमा रहेकोे इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार गत आ. व. को आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष ८० करोड ३८ लाख रहेकोमा यस आश्विन मसान्तमा सो रकम २ अर्ब ८२ लाख पुगेको छ । साथै कम्पनीले गत आ. व.को आश्विन मसान्तसम्ममा कुल बीमा शुल्क ३३ करोड ९४लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा ६२ करोड ८ लाख संकलन गर्न सफल भएको जसमा बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा जीवनबीमा कोषमा १५० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशतले बढाएर ५९ करोड १० लाखको उचाइमा पुगेको कम्पनिको  दाबी छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धी गरी १० करोड ९६ लाख पुगेको जनाएको छ ।

इन्स्योरेन्स कम्पनीका अनुसार जीवनबीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्ब ५१ करोडमध्ये करिब ८८.३१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरुलगायत नवीनतम् बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरुसहितको सिटिजन टिममार्फत भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जाहेर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित