गगन थापालाई औषधि व्यापारीको एक साते अल्टिमेटम,आयात ठप्प पार्ने चेतावनी

 काठमाडौँ । नेपाल औषधि आयातकर्ता सङ्घले यही जेठ ८ गतेसम्म आफ्ना १५ बुँदे माग पूरा नभए औषधि आयात ठप्प पार्ने जनाएको छ ।  सङ्घले स्वदेशमा उत्पादित औषधिभन्दा सस्तो र गुणस्तरका औषधि आयात गरिरहेको जनाउँदै सरकारले औषधिको मूल्य निर्धारण नगरी आयातमा प्रतिबन्ध नलगाउन सरकारसित आग्रहसमेत गरेको छ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद्ले ३५ प्रकारका औषधि आयात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 सङ्घले औषधि व्यवस्था विभागसमक्ष राखेका मागमा औषधि आयातमा सहजीकरण गर्नुपर्ने, औषधिको मूल्य निर्धारण नगरी औषधि आयातमा प्रतिबन्ध लगाउन नहुने, औषधिको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्नेलगायत छन् ।  सङ्घका महासचिव पवन आचार्यका अनुसार सङ्घले १५० देखि २०० प्रकारका औषधि विभिन्न देशबाट आयात गर्छ ।

  तीमध्ये ९० प्रकारका औषधि नेपाली बजारमा बढी खपत हुने गर्छ ।   सङ्घले विश्व स्वास्थ्य सङ्गठनका मापदण्ड तथा अमेरिकाको एमएचआरए, बेलायतको एफडिए तथा युरोपेली सङ्घको जिएमपीअनुसार नै गुणस्तरीय औषधि आयात गरिरहेको जिकिर गरेको छ । स्वास्थ्य मन्त्री गगन थापाले भने उनीहरुका माग कुनै पनि हालतमा पुरा नगर्ने जनाइसकेका छन् ।सङ्घले आज औषधि व्यवस्था विभागमा आफ्ना माग पूरा गर्न विभाग अगाडि दुई घन्टा कालोपट्टी बाँधी धर्ना दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित