डिसेम्बर ४ सम्म न्यायीक हिरासतमै बस्ने भए भारती दम्पती

bharati

 

मुम्बई । टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागु औषध केसमा गिरफ्तार गरेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ।

बीबीसी हिन्दीले नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)काअधिकारीहरूलाई उदृत गर्दै भारती सिंह र उनका श्रीमान् माथि गाँजा सेवन गरेको मामिला रहेको लेखेको छ।

लागुऔषधसम्बन्धी आरोपमा भारतीय हास्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको एक दिन पछि उनका श्रीमान्‌ हर्ष लिम्बाचिया पनि आइतवार पक्राउ परेका थिए।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान्‌ हर्षलाई आइतवार गिरफ्तार गरिएको समाचार संस्था पीटीआईसँग पुष्टि गरे।

उनीहरूको घरबाट लागुऔषध गाँजा बरामद गरिएको एनसीबीका अधिकारीहरूले बताएका छन्।

यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई गिरफ्तार गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित