विश्वमा ४ करोड ७ लाखभन्दा बढी कोरोनामुक्त, ५ करोड ८९ लाख संक्रमित

world-corona

काठमाडौं । विश्वमा ४ करोड ७ लाखभन्दा धेरै कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमितको संख्या ५ करोड ८९ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ८८ हजार ९ सय १७ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या ५ करोड ८९ लाख ७० हजार ४ सय ३० पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ४ सय ९ जनाको मृत्यु भएसँगै हालसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ लाख ९३ हजार २ सय २७ पुगेको छ ।

हालसम्म विश्वमा सबैभन्दा कोरोना प्रभावित बन्नेमा अमेरिका नै रहेको छ । अमेरिकामा हालसम्म १ करोड २५ लाख ८८ हजार ५ सय ६६ जना संक्रमित पुगेका छन् भने २ लाख ६२ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ ।

त्यसपछि दोस्रो स्थानमा नेपालको छिमेकी मुलुक रहेको छ । भारतमा हालसम्म ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमित पुगेका छन् भने १ लाख २२ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । भारतमा हाmसम्म ८५ लाख ६१ हजार ४ सय ४४ जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै संक्रमितको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिल भने मृतकको सूचीमा भने दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म ६० लाख ७१ हजार ४ सय १ जना संक्रमित पुगेका छन् भने १ लाख ६९ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म ४ करोड ७ लाख ५९ हजार ५ सय ३० जना कोरोनामुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै अहिलेको अवस्थामा १ करोड ६८ लाख १७ हजार ६ सय ७३ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित