मनकामना केबुलकार २३ औं वर्षमा प्रवेश, सेवा छिट्टै पुनः सञ्चालनमा आउने

22 anniversary - facebook post

चितवन । नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेश गरेको अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित केवलकार खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ ।

स्थापनाको २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेको कम्पनीले जनाएको छ । केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीयतह र उद्योगी व्यवसायीस“ग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत हामीले केवलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायीपनि केवलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीयतहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।

कोभिडपछिका दिनहरुमा केवलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । इ–सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्तगर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । सुगमदेखि दुर्गम क्षेत्रसम्म इ–पे को पहुँच पुगिसकेको छ । नगदरहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ । यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्थागर्ने जनाएको छ ।

कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइनवर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्धगरि छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित